×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

धितोपत्र बोर्डले बोली फेर्यो, प्रवक्ता भन्छन्-‘भाषा लेख्न नजान्दा भ्रम भयो, ५१ कम्पनीमा चलखेल भयो भनेकै होइन’

BIZBAZAR

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले लगानी गर्न असुरक्षित छन् भन्ने आशयको ५१ कम्पनीको लिष्ट सार्वजनिक गरेसँगै चौतर्फी रुपमा धितोपत्र बोर्डको नियतमाथि नै शंका उब्जिएपछी बोर्डले यसबारे स्पष्टीकरण दिएको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बोर्डका प्रवक्ता निरज गिरीले सार्वजनिक गरिएका कम्पनीहरुमा चलखेल भयो भन्ने आशय आफ्नो नरहेको तर भाषा लेख्न राम्रोसँग नजान्दा धेरैलाई भ्रम परेको स्वीकारेका छन् ।
‘हामीले ती कम्पनीमा चलखेल भयो भन्न खोजेकै होइनौं । मात्र यी कम्पनीको विवरण यस्तो छ है भनेर बुझाउन खोजेका हौँ । ती कम्पनीमा चलखेल भयो भन्न त अनुसन्धान नै गर्न बाँकी छ । हामीले भाषा लेख्न नजान्दा धेरैले यो विज्ञप्तिको अपव्याख्या गर्नुभयो ।’ बोर्डले सेयर मूल्यमा चलखेल गरिएका कम्पनीहरुको नामावली सार्वजनिक गरेसँगै नेपाली सेयर बजारको माहोल उखरमाउलो गर्मीको दिनभन्दा पनि तातेको छ । बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीको सेयर मूल्यमा चलखेल गरी सेयर मूल्य बढाएको पाइएको आशय देखाउंदै बोर्डले त्यस्ता कम्पनीमा लगानी गर्दा होसियार हुनसमेत लगानीकर्ताहरुलाई अनुरोध गरेको छ । कतिपयले धितोपत्र बोर्डको यो कार्यलाई केटाकेटीपनको हद भएको टिप्पणी गरेका छन्।
अर्कोतर्फ सोमबार नै तयार भईसकेको विज्ञप्ति बजार बन्द भएपछी मात्र सार्वजनिक गरिएको र मंगलबार धितोपत्र बोर्डका कर्मचारीले आफ्ना मान्छेहरुलाई यस्तो विज्ञप्ति आउंदैछ, यी कम्पनीका सेयरहरु बेच्नु भन्दै जानकारी दिएर चलखेल गरेको भन्दै धितोपत्र बोर्डका केहि कर्मचारीविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । यस विषयमा भने आफुलाई केहि पनि थाहा नभएको बोर्डका प्रवक्ता गिरीको भनाइ छ । अझ खास कुरा त के हो भने सो उजुरी गर्ने व्यक्ति पनि धितोपत्र बोर्डकै कर्मचारी हुन् ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasa[email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal