
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्रिय व्यापार व्यवसायी महासंघले व्यापार व्यवसाय खुलाउन माग गरेको छ । महासंघमा आवद्ध २० वटा संघ संस्थाहरुले शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काली प्रसाद पराजुलीलाई भेटेर व्यापार व्यवसाय खोलि दिन आग्रह गरेको छ ।
उनीहरुले नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाउने उल्लेख गर्दै व्यवसाय सञ्चालन गर्न अनुमति माग गरेका हुन् । डबल मास्क र फेससिल्डको प्रयोग गर्ने, स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, आधा जनशक्ति राखेर काम गर्ने, इबैंकिङ पेमेन्ट, अनलाइनका माध्यमबाट व्यापार व्यवसाय चलाउने, परमार्केटको हकमा एक द्वार प्रणालीमा प्रवेश गराउने, प्रवेश द्वारमा सुरक्षाकर्मीले थर्मल गनले ज्वरो नाप्ने, भवनमा दुई दिनको फरकमा डिइन्फेक्सन गराउने जस्ता स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्ने बताएका हुन् ।
यता सीडीओ काली प्रसाद पराजुली पनि सो कुरामा सकारात्मक देखिएका छन् । जसअनुसार असार ८ गतेदेखि व्यापार व्यवसाय खुल्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्