×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हेर्नुहोस् शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि स्थिर रहेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७७ हजार ५ सय ९० रुपैयाँ तोकेको छ र प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार १ सय ६० रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार १ सय १४ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: