Skip to content
LAXMI SUNRISE BANK

मंगलबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य १ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७७ हजार ६ सय ७५ रुपैयाँ तोकेको छ र प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार २ सय ४५ रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार १ सय १४ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK