
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहीबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज २ सयले घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य भने प्रतितोला ९० हजार रुपैयाँ कायम गरिएको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७७ हजार ५ सय ९० रुपैयाँ तोकेको छ र प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार १ सय ६० रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार १ सय १० रुपैयाँ कायम गरिएको छ ।