
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैसाथ असार २५ गते बोलाएको छ । कम्पनीको १३औं र १४औं वार्षिक साधारणसभा जेठ २३ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर ३ धोबिघाटमा बिहान ११ बजे सभा बोलाएको हो ।
सभामा कम्पनीले लाभांश एजेन्डा राखेको छैन । जसअनुसार कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ । यस्तै सभामा सञ्चालकहरूको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने र कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारणलगायतका एजेण्डाहरू छलफल गरी पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्