Skip to content
LAXMI SUNRISE BANK

युनियन हाइड्रोपावर कम्पनीले जेठ २३ गते एकैपटक बोलायो दुई आर्थिक वर्षको साधारणसभा, सेयरधनीहरुलाई छैन लाभांश

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । युनियन हाइड्रोपावरले एकैदिन १३औं र १४औं वार्षिक साधारणसभा बोलाएको छ । जेठ २३ गतेको सञ्चालक समितिले गरेको निर्णय अनुसार कम्पनीले आ.व.२०७५/२०७६ र आ.व २०७६/०७७ को साधारणसभा असार २५ गते बिहान ११ बजे बोलाएको हो ।
यी दुवै कम्पनीले आर्थिक वर्षबाट सेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनी अझै ७ करोड ४२ लाख रुपैयाँले जगेडा कोष नोक्सानीमा रहेकाले आगामी आवबाटसमेत लाभांश वितरण गर्नसक्ने अवस्था देखिँएको छैन । 
कम्पनीको चौधौँ वार्षिक साधारण सभाबाट सञ्चालकहरूको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK