×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरको दुई अस्पताललाई दियो भेन्टिलेटर, संक्रमण भए अस्पतालमा आएर उपचार गर्न आग्रह (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काठमाडौं महानगरको दुई अस्पताललाई दियो भेन्टिलेटर, संक्रमण भए अस्पतालमा आएर उपचार गर्न आग्रह (भिडियो)

१८ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ  । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका दुई अस्पताललाई आइसियु भेन्टिलेटर सहयोग गरेको छ । महानगरले मंगलबार महानगरपालिका भित्रको काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड – १९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको निम्ति दुई/दुई थान आइसियु भेन्टीलेटर प्रदान गरेको हो । 
आइसियु भेन्टीलेटर प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रुपमा सेवा पाउन सकुन् भनेर सहयोग गरिएको बताउनुभयो । उहाँले महानगरपालिकाले कोभिड – १९ संक्रमितको उपचारका लागि काठमाडौं जिल्ला भित्रका भित्रका अस्पताललाई ४२ वटा र भक्तपुर ठिमिमा ३ वटा गरी ४५ वटा भेन्टीलेटर उपलब्ध गराउने सम्झौता गरी काम अगाडी बढाइरहेको पनि जानकारी दिनुभयो ।
काठमाडौं नगरपालिकाले विभिन्न ठाउँका आइसोलेसन सेन्टरहरुलाई पनि सहयोग प्रदान गर्दै आएको उहाँले बताउनुभयो । कोभिड – १९ संक्रमितहरुका महानगरले काम गरिरहेको उल्लेख गर्दै उहाँले संक्रमण भए आइसोलेसन सेन्टर र अस्पतालमा आइ उपचार गराउन समेत आग्रह गर्नुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: