- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारणसभा पनि बिहिबार बस्दैछ । कम्पनीको सभा होटल गाँउवेशी वालिङ–८, वालिङ, स्याङजामा बिहान ११.३० बजे सुरु हुने भएको हो । सभामा कम्पनीले अन्य कुनै लघुवित्तसँग मर्जर तथा एक्विजिसनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतक प्रस्ताव पनि पेश हुनेछ । सभाका लागि कम्पनीले असार १५ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ । यता, धौलागिरी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस लघुवित्तको २०७६ पुस २ गतेबाट सेयर कारोबार रोक्का रहेको छ ।