×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा पनि असार ३१ गते, यी हुन् सभामा पेस गरिने मुख्य एजेन्डा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा पनि असार ३१ गते, यी हुन् सभामा पेस गरिने मुख्य एजेन्डा

२७ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारणसभा असार ३१ गते हुने भएको छ । कम्पनीको सभा होटल गाँउवेशी वालिङ–८, वालिङ, स्याङजामा बिहान ११.३० बजे सुरु हुने भएको हो । सभामा कम्पनीले अन्य कुनै लघुवित्तसँग मर्जर तथा एक्विजिसनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतक प्रस्ताव पनि पेश हुनेछ । सभाका लागि कम्पनीले असार १५ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ । यता, धौलागिरी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस लघुवित्तको २०७६ पुस २ गतेबाट सेयर कारोबार रोक्का रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: