काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले स्वदेशी लगानीकर्ताहरुको लगानी सम्मेलन गर्ने सोच बनाएको जानकारी दिएका छन् । श्रावण ८ गते शुक्रवार नेपाल चेम्बर अफ कमर्शको सुझाव पत्र ग्रहण गर्दै शर्माले विदेशी लगानीकर्ताहरुको सम्मेलन गरिँदै आएकोमा अब स्वदेशी लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई गतिशील बनाउने सोचाई आफूले बनाएको बताएका हुन् ।
स्वदेशी लगानीकर्ताहरुलाई प्रोत्साहित गर्ने र गरिबी अन्त्य गर्ने उद्देश्यका साथ स्वदेशी लगानी सम्मेलन गर्ने सोच बनाएको अर्थमन्त्री शर्माले बताए । भेटघाटको क्रममा चेम्बर अफ कमर्सले अर्थमन्त्री समक्ष २० बुँदे सुझाव पत्र पेश गरेको छ ।
चेम्बरले निजी क्षेत्रलाई कोभिड खोपमा प्राथमिकता दिनुपर्ने, कृषि क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने, निर्यात अनुदानको व्यवस्था गरिनुपर्ने, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमा रोजगार दिईनुपर्ने, नकारात्मक सूचीमा रहेका वस्तु बाहेक अन्य क्षेत्रको अन्तशुल्क हटाउनुपर्ने लगायतका सुझाव दिएको छ । मन्त्री शर्माले चेम्बरको सुझाव अध्ययन गरी आवश्यक निर्णय गरिने प्रतिक्रिया दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्