×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनको प्रजनन दरमा गिरावट, ६१.७ प्रतिशतले आर्थिक समस्या

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चीनको प्रजनन दरमा गिरावट, ६१.७ प्रतिशतले आर्थिक समस्या

१९ असार २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बेइजिङ । सन् २०२० को जनगणना अनुसार चीनमा प्रजनन दरमा गिरावट आएको छ । चिनको नयाँ दम्तपत्तिहरु बच्चा जन्माउन पनि अनिच्छुक भएको एक तथ्यांकले जनाएको छ । सार्वजनिक स्वास्थ्य सेवाको सहज पहुँचको अभाव, बढ्दो महँगी, बेरोजगारीलगायतका समस्याका कारण बच्चा जन्माउन अनिच्छुक रहेको तथ्यांकले देखाएको छ ।
मार्चमा गरिएको एउटा सर्भेका अनुसार एक हजार ९३८ जनामा गरिएको अध्ययन अनुसार ६७.३ प्रतिशत युवा जोडीहरुले दोस्रो सन्तान नजन्माउने निर्णय गरेको पाइएको छ । जसमध्ये ६१.७ प्रतिशतले आर्थिक समस्याका कारण दोस्रो बच्चा नजन्माउने निर्णय गरेका हुन् ।
त्यसैगरि ५४ प्रतिशतले स्वास्थ्य सेवा र हेरचाहको समस्याका कारण बच्चा नजन्माउने निर्णय गरेको अध्ययनले देखाएको छ । ४१.६ प्रतिशतले आवास र २४.३ प्रतिशतले रोजगारीका अवसर नहुँदा दोस्रो बच्चा जन्माउन अस्वीकार गरेका हुन् ।
चीनको गुवाञ्‍जाउका मानव संसाधन प्रबन्धक गेट्टी हेले भनिन्, ‘हामी जस्तो मजदुर वर्ग परिवारका लागि सामान्य रूपमा ६ हजार युआनभन्दा बढी मासिक खर्च हुन्छ । अनि घरको भाडा पनि महँगो छ । करको मार पनि त्यस्तै चर्को छ । यस्तो महँगीमा दुई वटा बच्चा जन्माएर उनीहरुलाई पालन पोषण नै गर्न सकिँदैन ।’ चिनियाँ अनलाइन प्लेटफर्ममा गरिएको सर्वेक्षणको २०२० को प्रतिवेदनले आगामी वर्षसम्म घरेलु समस्याका कारण विवाह गर्न र बच्चा जन्माउन अस्वीकार गर्नेहरुको संख्या ३० करोडभन्दा बढी हुनसक्ने जनाइएको छ ।
चीन सरकारले भने जनसंख्या वृद्धिका लागि तीन सन्तान जन्माउनेहरुलाई राज्यले सुविधा उपलब्ध गराउने जनाएको छ । यसअघि चीनमा जनसंख्या धेरै भएपछि वान चाइल्ड पोलिसी र महँगि तथा करको दायरा बढाइएको थियो । जनसंख्यामा फेरि गिरावट आएपछि सन् २०१५ मा वान चाइल्ड पोलिसीलाई खारेज गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: