×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : घट्यो पेट्रोल र डिजेलको भाउ !

PRIME CA

Breaking : घट्यो पेट्रोल र डिजेलको भाउ !

३० असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ । केहि दिनअघि पेट्रोलियम पद्धार्थको भाउ बढाएको निगमले चौतर्फी विरोधपछी पेट्रोल र डिजेलमा एक एक रुपैयाँ घटाएको हो ।
यता यातायात भाडा भने आजै बढाइएको छ ।
आज राती १२ बजेपछीबाट लागु हुनेगरी भाउ घटाइएको हो ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २८ रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ११ रूपैयाँ पर्नेछ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले निगमको लागत बढी रहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नु पर्ने निगमले जनाएको छ ।
‘निगमलाई स्वचालित मूल्य प्रणालीमा लैजान सहयोग गर्नु हुनेछ भन्ने निगमले बिश्वास लिएको छ,’निगमले भनेको छ ,’आन्दोलनरत ५ विद्यार्थी संगठनले निगमको यो निर्णयपश्चात् विरोधका कार्यक्रम फिर्ता लिनु हुनेछ भन्ने विश्वास छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: