×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवा सरकारले नयाँ बजेट ल्याउने, करको दर यथावत रहने, अरु के के हुन्छ परिवर्तन ?

PRIME CA

देउवा सरकारले नयाँ बजेट ल्याउने, करको दर यथावत रहने, अरु के के हुन्छ परिवर्तन ?

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट देउवा सरकारले संशोधन गर्ने भएको छ । केहि दिनअघि सरकारमा आएको देउवा सरकारले बजेट संशोधन गर्न गृहकार्य थालिसकेको छ । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका कर्मचारी र अर्थशास्त्रीसहित टिम बनाएर काम सुरु गरिसकेका छन् ।
आइतबार अर्थमन्त्री शर्माले पूर्वअर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमाथि संशोधनका लागि अध्यादेश दर्ता गरेका छन् । सोही अध्यादेशलाई संशोधन गर्न प्रतिस्थापन अध्यादेश ल्याइने भएको हो । पौडेलले ल्याएको बजेटमा केही कार्यक्रमलाई भने यतावत राखिने भएको छ भने केहि कार्यक्रमलाई संशोधन गरिने छ ।
पूर्वअर्थमन्त्री पौडेलले ल्याएको १६ खर्ब ४७ अर्बको बजेटलाई नयाँ सरकारले घटाउने बताइएको छ । सामाजिक सुरक्षा र कर्मचारीको तलबलाई यथावत राखिने र बजेटमा ढुंगा गिट्टी निकासीजस्ता कार्यक्रम हटाइने बताइएको छ । यस्तै करको दर यथावत रहने बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: