- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले सेयर बजारबाट १४ अर्ब रुपैयाँ बराबरको पूँजीगत लाभकर उठाएको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारबाट १४ अर्ब रुपैयाँ बराबरको पूँजीगत लाभकर उठाएको हो । पछिल्लो समय बजारमा लगानीकर्ताहरुको संख्या ह्वात्तै बढेसंगै पूँजीगत लाभकर पनि बढी संकलन भएको हो ।
यता नेप्सेले पनिपछिल्लो समय नयाँ उचाई कायम गर्दै गइरहेको थियो । यद्यपि केहि समय करेक्सन आएर नेप्से घटेको थियो । तर बजारले पुन: आफ्नो लय समातेको छ । जसले कारोबार रकम पनि बढेको छ र सरकारले पूँजीगत लाभकर पनि बढी उठाईरहेको छ ।
विगतका आर्थिक वर्षमा १ अर्ब मात्रै पूँजीगत लाभकर उठ्ने गर्दथियो । यस्तै अहिले डिम्याट खाता र मेरो सेयर खोल्नेको संख्या पनि उत्तिकै बढेको छ । सीडीएससी क्लियरिङ हाउसले साउन १ गते १७ लाख २३ हजार ९७४ जनाले डिम्याट खाता खोलेको जनाएको छ । आर्थिक वर्षको अन्त्यसम्ममा भने यो संख्या ३७ लाख ३६ हजार ९२६ पुगेको छ ।
यस्तै मेरो सेयरमा खाता खोल्नेको संख्या पनि ७ लाख ४२ हजार ४९ जनाबाट बढेर २८ लाख ५२ हजार २३३ पुगेको छ भने ९ लाख ९१ हजार ९९३ जनाले टीएमएस लिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्