काठमाडौँ । ग्लोबल आईएमई क्यापिटलको सन्ध्याकालीन काउन्टर सञ्चालनमा आउने भएको छ । संस्थाको सन्ध्याकालीन काउन्टर साउन ११ गते आजबाट सञ्चालनमा आउन लागेको हो । संस्थाले एक सूचना जारी गर्दै आजदेखि साउन २५ गतेसम्म अपराह्न ५ बजेदेखि साँझ ७ बजेसम्म नक्सालस्थित क्यापिटलको कार्यालयमा सन्ध्याकालीन काउन्टर सञ्चालन हुने जनाएको हो ।
अहिले क्यापिटलको निष्कासन तथा तथा बिक्री प्रबन्धकत्वमा सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन खुला भइरहेको छ ।
यो आईपीओ र हकप्रदमा आवेदन दिन सहज होस् भनेर क्यापिटलले लगानीकर्ताको सुविधालाई ध्यानमा राखेर सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउन लागेको हो । साथै क्यापिटलको काठमाडौँस्थित न्युरो र नयाँबानेश्वर, ललितपुरस्थित लगनखेल र भक्तपुरस्थित सानोठिमी शाखाबाट पनि आवेदन फराम लिई भारी बुझाउन सकिनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्