- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहिबार सुनको मूल्य ह्वात्तै बढेको छ । बुधबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले बढेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७७ हजार ८सय ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार १ सय २३ रुपैयाँ कायम गरिएको छ ।