×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उकालो लाग्दै सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहीबार पनि सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि १ सयले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार १ सय ३५ रुपैयाँ तोकेको छ र प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ७ सय ५ रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार १ सय २३ रुपैयाँ कायम गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: