×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिहीबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहीबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि ७ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ७ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार २ सय ७५ रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: