- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि ४ सयले बढेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ४५ रुपैयाँ तोकेको छ र प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ६ सय १५ रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार १ सय ३१ रुपैयाँ कायम गरिएको छ ।