×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत सरकारले कोरोना भाइरसविरुद्धको १२० मिलियन डोज खोप वितरण गर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारत सरकारले कोरोना भाइरसविरुद्धको १२० मिलियन डोज खोप वितरण गर्ने

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भारत । भारतको केन्द्रीय सरकारले कोरोना भाइरसविरुद्धको १२० मिलियन डोज खोपको वितरण गर्ने भएको छ । जसमध्ये १०० मिलियन डोज खोप कोभिशिल्ड र २० मिलियन डोज कोभ्याक्सिन खोपहरु वितरण गर्न लागेको हो । उक्त खोपहरु जुलाईभित्रै भारतका सबै राज्यहरु र केन्द्र शासित प्रदेशहरुमा वितरण गरिने भएको हो ।
यी १२० मिलियन खोप डोजहरु जुलाईसम्म देशभरि उपलब्ध हुने भएका हुन् । सरकारको नयाँ खोप नीति अनुसार ७५ प्रतिशतले केन्द्रले निशुल्क राज्यहरुलाई उपलब्ध गराउने भएको छ भने २५ प्रतिशत खोप निजी क्षेत्रमार्फत उपलब्ध हुने भएको हो । भारतमा पछिल्लो समय खोप अभियान व्यापकरुपमा सञ्‍चालन भइरहेको छ । जुन २१ देखि २७ को बीचमा सरकारले नयाँ चरणको खोप अभियान सुरु भएको हो । यसबीचमा हरेक दिन करिब ६० लाख मानिसहरुलाई खोप लगाइएको जनाइएको छ ।
विज्ञहरुका अनुसार दैनिक खोपको गतिले मुलुकमा देखिएको कोरोना संक्रमितको संख्यामा पनि गिरावट आएको छ । जुलाईभर हरेक दिन १२ मिलियन मानिसहरुलाई खोप लगाइने लक्ष्य राखिएको छ । भारत सरकारले गर्भवती महिलाहरुलाई पनि खोप लगाउन सक्ने जनाएको छ । यसअघि गर्भवती महिलाहरुका लागि लगाउन नहुने भए पनि पछिल्लो समय गरेको अध्ययनले गर्भवती महिलाहरुलाई पनि खोप लगाउन अनुमति दिइएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: