×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय व्यवसायी वेदान्त बरुआ बने यूएईको गोल्डेन भिसा पाउने पहिलो आसामी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतीय व्यवसायी वेदान्त बरुआ बने यूएईको गोल्डेन भिसा पाउने पहिलो आसामी

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भारत । एनआरआई उद्यमी वेदान्त बरुआ युएईको १० बर्षे गोल्डन भिसा प्राप्त गर्ने पहिलो आसामी बन्‍न पुगेका छन् । यूएईमा प्रायः प्रमुख विश्वव्यापी व्यक्तित्वका लागि गोल्डेन भिसा दिने गरिएको छ । असमको डिब्रुगढ़ जिल्लाका बरुआहलाई युएईको आर्थिक विकास विभाग अबुधाबीले लगानीकर्ता वर्गमा विशेष भिसा दिएको हो ।
‘यो मेरो लागि गर्वको क्षण हो । म आफूलाई गर्व महसुस गर्छु र युएई सरकार र आर्थिक विकास विभागलाई धन्यवाद दिन चाहन्छु,’ बरुआले पीटीआईलाई भने । २००६ मा पहिलो पटक युएई गएका अग्रणी व्यवसायीले बिहीबार भिसा पाएका थिए । जुन यो वर्ष २३ जुनदेखि जून २२, २०३१ सम्म मान्य हुने आधिकारिक कागजातमा भनिएको छ । उनी बर्नस ब्रेट मसौद बीमा एलएलसीका प्रमुख कार्यकारी अधिकृत हुन् । जसको ब्रिटेन, ईयू र भारतमा कार्यालयहरू छन् र विश्वव्यापी रूपमा सञ्चालन हुन्छन् ।
२०१९ मा युएई सरकारले दीर्घकालीन बसोबास भिसाका लागि नयाँ प्रणाली लागू गरेको हो । जसले विदेशीहरूलाई पश्चिमी एसियाली मुलुकमा राष्ट्रिय प्रायोजकको आवश्यकता बिना र त्यहाँका व्यवसायहरूको १०० प्रतिशत स्वामित्वमा रहन सक्षम बनाउने छ । गोल्डन भिसा पाँच वा १० बर्षको लागि जारी गरिन्छ र स्वचालित रूपमा नवीकरण हुनेछ । सामान्यतया, १० बर्षे गोल्डेन भिसालाई धनी व्यक्तिहरूमा लक्षित गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: