
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपिओमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । संस्थाको उक्त आइपिओमा आज कार्यालय समयसम्म आवेदन दिन पाइनेछ । कम्पनीले असार १७ गतेदेखि १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।
जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।
लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने आईपीओमा अनलाईनमार्फत मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।
साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्