×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

१ लाख ८४ हजार ८ सय १ जना आवेदकले पाए जीवन विकास लघुवित्तको १० कित्ता सेयर, यी ४ ठाउँबाट हेर्नुहोस् नतिजा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ता सेयरका दरले पाएका छन् । कम्पनीको आईपीओ आज बुधबार बिहान ९ः३० बजे बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो । ५ जनाले भने ११ कित्ता सेयर पाएका छन् । 
आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । करिब ९२ प्रतिशत भन्दा धेरै अर्थात् १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली भएको छ । आईपिओको नतिजा केहि समयपछि www.iporesult.cdsc.com.np मा गएर वा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल र जिवन विकास लघुवित्तको वेबसाइट बाट पनि हेर्न सकिने छ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: