काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । संस्थाले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्कासन गर्नको लागि बोर्डसँग अनुमति मागेको हो ।
संस्थाले प्रतिकित्ता १२५ रुपैयाँका दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ २५ पैसा बराबरको एफपिओ निष्कासन गर्ने भएको छ । उक्त संस्थाको एफपीओ सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।