×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआइसी एसिया बैंकले लिलामीमा ल्याएको तीन लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम दिन, कसको भाउ कति ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ३ लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज सोमबार अन्तिम रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको उक्त सेयरमा आवेदन दिन सकिनेछ । बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र महुली लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
कैंयौपटक लिलामीमा ल्याउँदा बिक्री नभएपछि पुन: आरएमडीसीको ३ लाख ८४ हजार ९९५, मेरोको ५८ हजार ५६८ र महुलीको ५५ हजार कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ४४१ रुपैयाँ, मेरोको सेयरमा ५३१ रुपैयाँ र महुलीको सेयरमा न्यूनतम ७३० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: