×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो, अब कहिलेसम्म पाईन्छ भर्न ?

PRIME CA

लक्ष्मी बैंकको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो, अब कहिलेसम्म पाईन्छ भर्न ?

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २० लाख कित्ता ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । आज अन्तिम दिनसम्म सबै इकाई बिक्री नभएपछि आवेदन दिने म्याद साउन ११ गतेसम्म लम्ब्याइएको हो । बैंकले २ अर्ब रुपैयाँको १ हजार रुपैयाँ अंकित मूल्यमा ‘लक्ष्मी ऋणपत्र २०८८’ जारी गरेको हो ।
बैंकले कुल ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणलाई छुट्याएको छ भने बाँकी १२ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । लगानीकर्ताले यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाउनेछन् ।
यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ३१ गतेसम्म सबै ऋणपत्र बिक्री नभएमा साउन ११ गतेसम्म बिक्री खुला हुनेछ । ऋणपत्र निष्कासनमा सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: