×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२४ हजार २५६ जनाले भरे मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ, लगानीकर्ताले साउन १७ गतेसम्म आवेदन दिन सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२४ हजार २५६ जनाले भरे मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ, लगानीकर्ताले साउन १७ गतेसम्म आवेदन दिन सक्ने

Artha Sarokar

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ २४ हजार २५६ जनाले भरेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मंगलबार साँझसम्ममा २४ हजार २५६ जनाले ५१ लाख ७२ हजार ४७७ कित्ताका लागि आवेदन दिएको जनाएको हो ।
कम्पनीले गत साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५,बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि १८ लाख कित्ता र माथि उल्लेखित स्थानीयबाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको छ ।
लगानीकर्ताले आगामी साउन १७ गतेसम्म न्यूनतम ५० कित्तादेखि ४०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त समयमा मागअनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ । सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौमा सात वटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिने छ । साथै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओमा आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी