×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरानाका कारण स्थगित भएको मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ पुन: बिक्री खुला, कहिलेसम्म पाइन्छ भर्न ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोरानाका कारण स्थगित भएको मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ पुन: बिक्री खुला, कहिलेसम्म पाइन्छ भर्न ?

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिन्धुपाल्चोक । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आज मंगलबारदेखि पुनः खुला भएको छ । वैशाख २१ गतेदेखि आइपीओ बिक्री खुला गरेकामा कोराना संक्रमण बढेपछि सिन्धुपाल्चोकमा पनि निषेधाज्ञा जारी भएपछि आइपीओ बिक्री प्रक्रियालाई वैशाख २४ गतेदेखि स्थगित गरिएको थियो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आयोजना प्रभावित स्थानीयले अब फेरि मंगलबारबाट पुनः कम्पनीको आइपीओमा आवेदन दिन सक्ने जनाएको छ । स्थानीयले यसमा साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म खुला रहनेछ ।

क्यापिटलले स्थगित हुनुअघि आवेदन दिएका स्थानीयले पुनः आवेदन दिनु नपर्ने बताएको छ । सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्रबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सक्नेछन् भने न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

मध्य भोटेकोशीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ३०% ले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याईएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: