काठमाडौँ । केहि दिनअघि मुक्तिनाथ बिकास बैंक लिमिटेडको आधिकारिक पेजबाट एउटा न्युज सेयर भयो । सो न्युजको डोमेन नेम थियो मेरो लगानी डट नेट । बैंकले मेरो लगानी डटकममै समाचार आयो होला भनेर सो न्युज आफ्नो पेजमा प्रकाशित गरिदियो । तर सो पेज मेरो लगानी डटकमको थिएन । बरु हिमाल भट्टराई नाम गरेका एक व्यक्तिसहितको टोलीले डलर कमाउन गरेको काम थियो । उनी लामो समयदेखि मेरो लगानीको नाममा यसरी पाठक झुक्याउँदै आएका थिए । हुँदा हुँदा सो नक्कली पेजको न्युज बैंकको आधिकारिक फेसबुक पेजबाट नै सार्वजनिक हुन थालेपछि भट्टराईविरुद्ध प्रहरीमा उजुरीको तयारी छ ।

त्यो मेरो लगानी डट नेट हाम्रो होइन : अतितलाल श्रेष्ठ
यता मेरो लगानी डटकमका संचालक अतितलाल श्रेष्ठले सो मेरो लगानी डट नेट आफ्नो नरहेको बताएका छन् । ‘तपाईंले भनेपछि मात्र थाहा भयो। मैले तुरुन्त रिपोर्ट गर्न लगाएको छु ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘यस्तो गलत कामविरुद्ध हामी एक्सनमा उत्रिनेछौं ।’ मेरो लगानी डटकम बिगत लामो समयदेखि सेयर बजारमा चर्चित अनलाइन पोर्टल हो। सोहि नाम भजाएर भट्टराईले बिगत लामो समयदेखि आफ्नो धन्दा चलाएको भन्दै अव यस्तो कामविरुद्ध कानुनी उपचारको विकल्प नरहेको उनको भनाइ छ ।
‘नजानेर गरेको हो, तुरुन्त डाउन गर्छु’: नक्कली मेरो लगानीका संचालक
यता सो नक्कली मेरो लगानीका संचालक हिमाल भट्टराईले भने आफुले नजानेर मेरो लगानी डट नेट चलाएको भन्दै तुरुन्त त्यसलाई डाउन गर्ने बताएका छन् । कतै दर्तासमेत नचलाएको साइटबारे कानुनी अल्झन आफुलाई थाहा नभएको भन्दै उनले आफूबाट गल्ती भएको र यसलाई तुरुन्त सच्याउने बताएका छन् । उनले सेयर बजार सम्बन्धि विभिन्न ग्रुपहरु पनि चलाउँदै आएको बताउँदै एक साथीको लहैलहैमा यस्तो काम गर्न पुगेको बताएका छन् । उनले आफु त्यहाँ काम गर्ने मान्छे मात्र रहेको र संचालक अरु नै रहेकोसमेत बताएका छन् । सो पोर्टल कुनै पनि निकायमा दर्ता नभएकोले संचालकविरुद्ध साइबर कानुन अनुसार मुद्धा चल्न सक्नेछ । मुद्धा चलिसकेको खण्डमा ती संचालक जेल पर्नेछन् भने सो पोर्टललाई नेपालभर नखुल्नेगरी प्रेस काउन्सिल नेपालले बन्द गर्न सिफारिस गर्न सक्नेछ । मेरो लगानी डटकमले ट्रेडमार्कसम्बन्धि प्रचलित कानुन बमोजिम मुद्धा चलाएमा भट्टराईले करोडौं रुपैयाँ क्षतिपुर्ति तिर्नुपर्ने हुनसक्छ ।

मुक्तिनाथ बिकास बैंक भन्छ- ‘गल्ती भएछ, सच्याउँछौं’!
यता मुक्तिनाथ बिकास बैंक लिमिटेडले पनि आफुसमेत सक्कली मेरो लगानी हो भनेर झुक्किएको र त्यसलाई तुरुन्त सह्च्याउने बताएको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै मुक्तिनाथ बिकास बैंकका एक अधिकारीले भने, ‘सक्कली मेरो लगानीको न्युज भनेर सेयर गरेको, नक्कलीको परेछ । हामी तुरुन्त त्यसलाई हटाउँदैछौं ।
यसरी नक्कली पोर्टल डोमेनका कारण सक्कली ब्राण्डहरु मर्कामा पर्दै आएका छन् । यस्तो हकमा ट्रेडमार्कसम्बन्धि कानुन, साइबर अपराधसम्बन्धि कानुन र अन्य कानुनहरु पनि आकर्षित हुने कानुन व्यवसायीहरु बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्