×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक लिमिटेडको ‘बाउन्स चेक’ दिने एक प्रतिवादी पेप्सीकोलाबाट पक्राउ, ३ दिन कैद र १४ लाख रुपैंयाँ जरिवाना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नबिल बैंक लिमिटेडको ‘बाउन्स चेक’ दिने एक प्रतिवादी पेप्सीकोलाबाट पक्राउ, ३ दिन कैद र १४ लाख रुपैंयाँ जरिवाना

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार महिला प्रतिवादी पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले  बैंकिङ कसूरको मुद्दामा फरार रहेकी ४४ वर्षिया पवित्रा श्रेष्ठलाई पेप्सीकोलाबाट सोमबार पक्राउ गरेको हो ।
सो मुद्दामा उनलाई उच्च अदालत पाटनले ३ दिन कैद र १४ लाख रुपैंयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि उनि फरार रहेकी थिइन् । श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी/जानी झुक्यानमा पारी नबिल बैंकको चेक काटेर दिएकी थिइन् ।
श्रेष्ठमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम सजाय हुने गरी फैसला भएको छ भने फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: