×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार असार ३० गतेदेखि सुरु हुने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार असार ३० गतेदेखि सुरु हुने भएको छ । नेशनलले महिला सहयात्रालाई एक्विजिसन गरेर असार ३० गतेदेखि नेशनल माइक्रोफाइनान्सकै नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो । 
यी दुवै कम्पनीको असार २५ गते सम्पन्न विशेष साधारणसभाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते एक्विजिसन सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो ।
नेसनल माइक्रोफाइनान्सले १००ः६८ अनुपातमा महिला सहयात्रालाई प्राप्ति गरेको हो । जसअनुसार महिला सहयात्राको १०० कित्ता सेयर हुने सेयरधनीले नेशनलको ६८ कित्ता सेयर पाएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: