- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेको इन्स्योरेन्सको वार्षिक साधारणसभा असार ३१ गते हुने भएको छ । सभा नेकोको भवन ज्ञानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।
सभामा कम्पनीले १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
सभाका लागि असार १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरिएको छ । जसमा असार १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।