×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल इन्स्योरेन्स कम्पनीका सिइओको कार्यकाल सकियो, चुक्ता पूँजी बढाएर एक अर्ब १५ करोड रुपैयाँ पुर्याउन सफल !

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको कार्यकाल आजदेखि सकिएको छ । उनि २०७४ साउन ९ गते ४ वर्षे कार्यकालका लागि नियुक्त भएका थिए । बीमा क्षेत्रका अनुभवि शाहले आफ्नो ४ वर्षे कार्यकालमा ३० करोडको चुक्ता पूँजी बढाएर एक अर्ब १५ करोड रुपैयाँ पुर्याउन सफल भएका छन् । दुई पटक हकप्रद र तीन आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरण गरेर उक्त पूँजी जुटाउन सफल भएका हुन् ।

शाह विकासशील राष्ट्रका बीमा तथा पुनर्बीमा कम्पनीहरुको संघठन एआईआरडिसीको अध्यक्ष हुन् । उनि २०७५ असोजमा अध्यक्ष भएका थिए । उनि इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको पनि सञ्चालक हुन् । कम्पनीले हिजो बिहीबार शाहलाई भव्य रुपमा गरेको थियो ।आजदेखि कार्यकाल सकिने भएकाले औपचारिक विदाइ भने आज हुने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: