काठमाडौं । नेप्सेमा ‘८% नेपाल इन्भेष्टमेन्ट बैंक बन्ड २०७८’ को सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिजो आइतबारबाट उक्त बन्ड परिपक्क भएपछि नेप्सेले सूचीकरण खारेज गरेको हो ।
बैंकले निष्कासन गरेको यो बन्डको ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई नेप्सेमा सूचिकृत रहेको थियो । बैंकले असार ३१ गते नेप्सेलाई पत्र पठाउँदै साउन १० गतेदेखि ‘८% नेपाल इन्भेष्टमेन्ट बैंक बन्ड २०७८’ परिपक्व हुने भएकाले सूचीकरण खारेजीका लागि निवेदन दिएको थियो ।