×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीले सार्वजनिक गर्यो तेस्रो त्रैमासको रिपोर्ट, नाफा ९६ लाख ४० हजारले बढ्दा प्रतिसेयर आम्दानी कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल पुनर्बीमा कम्पनीले सार्वजनिक गर्यो तेस्रो त्रैमासको रिपोर्ट, नाफा ९६ लाख ४० हजारले बढ्दा प्रतिसेयर आम्दानी कति ?

Artha Sarokar

१ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले यस अवधिमा ९२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको यो नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९६ लाख ४० हजार रुपैयाँले बढी हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसायबाट ९१ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । वित्तीय विवरण अनुसार यस कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड रुपैयाँ र जीवन व्यवसायबाट ६९ करोड ९५ लाख रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ भने कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ ।
कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा २ अर्ब ७३ करोड रुपैयाँ र जीवन बिमातर्फ ६३ करोड ७५ लाख रुपैयाँ छ । तेस्रो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १२ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ०५ पैसा रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी