×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मंगलबार सेयर बजारमा नयाँ कीर्तिमान कायम, नेप्से २९.२४ अंकले बढ्दा एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से बढेको छ । सोमबारको तुलनमा नेप्से परिसूचक २९.२४ अंकले बढेर ३०७९.६७ बिन्दुमा पुगेको छ । नेप्सेले गत असार १० गते कायम गरेको अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ । गत असार १० गते नेप्से ३०५८.६७ विन्दुमा पुगेको थियो । जुन हालसम्मकै उच्च थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब १७ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ४९ करोड १५ लाख बराबरको सेयर कारोबार भएको छ । आज ४ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: