- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज आइतबारदेखि एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
यसमा न्यूनतम १२ सय २१ रुपैयाँ भाउ राखेर लगानीकर्ताले साउन १५ गतेसम्म एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट बोलपत्र पेश गर्न सक्नेछन् ।