×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकले आइतबारदेखि ल्यायो ४ लाख २५ हजार १०४ कित्ता संस्थापक सेयर लिलामीमा, भाउ कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआइसी एसिया बैंकले आइतबारदेखि ल्यायो ४ लाख २५ हजार १०४ कित्ता संस्थापक सेयर लिलामीमा, भाउ कति ?

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले आज आइतबारदेखि आफ्नो स्वामित्वमा रहेको ४ लाख २५ हजार १०४ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । बैंकले आरएमडीसी लघुवित्तको ३ लाख १९ हजार ६५ कित्ता र मेरो माइक्रोफाइनान्सको १ लाख ६ हजार ३९ कित्ता गरी कुल ४ लाख २५ हजार १०४ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ४८१ रुपैयाँ र मेरोको सेयरमा ५४१ रुपैयाँ भाउ राखेर आवेदन दिनुपर्नेछ । विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यो सेयर किन्न सक्नेछन् भने साउन १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहलमा बुझाउनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: