×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा साउन २१ गते हुने, १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव सभामा पेस गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनएलजी इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा साउन २१ गते हुने, १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव सभामा पेस गरिने

Artha Sarokar

६ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएलजी इन्स्योरेन्सको वार्षिक साधारणसभा साउन २१ गते (बिहिबार) हुने भएको छ । सभा  कम्पनीको प्रधान कार्यालय पानीपोखरीमा बिहान १० बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको हो ।
सभामा गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२% नगदसहित कुल १०.५२% लाभांश दिने प्रस्ताव सभामा पेस  गरिने भएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
कम्पनीले सभाका लागि साउन १४ गतेबाट बुक क्लोज गर्ने भएको छ । जसकारण साउन १३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी