×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्स कम्पनीको १०.५२% लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, कहिले हुँदैछ वार्षिक साधारणसभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनएलजी इन्स्योरेन्स कम्पनीको १०.५२% लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, कहिले हुँदैछ वार्षिक साधारणसभा ?

Artha Sarokar

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १०.५२% लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । आजसम्म सेयर किन्नेले कम्पनीको लाभांश पाउने छन् ।  कम्पनीले साउन २१ गते बस्ने वार्षिक साधारणसभाको लागि साउन १४ गते बुक क्लोज गर्दैछ । जसअनुसार कम्पनीले प्रस्ताव गरेको १०.५२% लाभांश पाउन र सभामा भाग लिन आजै सेयरधनी बन्नु पर्नेछ ।
यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२% नगदसहित कुल १०.५२% लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने छ । यस्तै आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी