×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको निराशाजनक र विनाशकारी आर्थिक प्रदर्शनलाई उजागर गर्न शहबाज शरीफ निर्देशन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ असार २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

सरकारको निराशाजनक र विनाशकारी आर्थिक प्रदर्शनलाई उजागर गर्न शहबाज शरीफ निर्देशन

इस्लामावाद । पाकिस्तान सरकार र विपक्षीहरूले मुलुकको विद्यमान आर्थिक स्थितिको बारेमा आरोपप्रत्यारोप गरिरहेका छन् । यही क्रममा विपक्षी दलका नेता शहबाज शरीफले आफ्ना पार्टी सदस्यहरुलाई ‘सरकारको निराशाजनक र विनाशकारी आर्थिक प्रदर्शन’ लाई उजागर गर्न निर्देशन दिएका हुन् । पाकिस्तान मुस्लिम लीग-नवाजको (पीएमएल-एन) आर्थिक सल्लाहाकार काउन्सिलको भर्चुअल सत्रको अध्यक्षता गर्दै उनले सत्तारूढ पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) द्वारा ‘जनविरोधी बजेट’ पारित गर्न रोक्न रणनीतिहरूको पुनरावलोकन गर्न निर्देशन दिएका हुन् ।
उनले सभासद्हरुलाई पीटीआईको विनाशकारी नीतिका कारण बढ्दो मुद्रास्फीति, बेरोजगारी र देशको आर्थिक विनाशका कारण पाकिस्तानका जनताले भोग्नु परेको गम्भीर संकटलाई उजागर गर्न आग्रह गरेका छन् । सरकारले झूट बोलेर तथ्यांक परिवर्तन गर्न सक्ने, तर त्यसले अर्थतन्त्रको जटिल वास्तविकतालाई स्पष्टसँग सबैले देख्‍न नसकेको उनले बताएका छन् । शहबाजले पीएमएल-एनले बजेटको नाममा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को माग जनतामा थोप्‍न नदिन र बजेट पारित गर्न रोक्न सबै प्रयास गरिनुपर्ने बताएका छन् ।
पाकिसतानी समाचार संस्था डनले दिएको सूचना अनुसार संघीय मन्त्री फवाद चौधरीले ट्वीटको एक श्रृंखलामार्फत इमरान खान सरकारको नीतिको पक्षमा बोले र विपक्षीलाई आर्थिक बर्बादी र बिरोध प्रदर्शनमा निशाना बनाएका छन् । मन्त्रीको ट्वीटको जवाफमा, पीएमएल-एनका मारीयम औरंगजेबले एक बयानमा प्रधानमन्त्री खानलाई २०१८ र वर्तमानका आर्थिक सूचकहरूको तुलनाको तथ्यांक जारी गर्न चुनौती दिएका छन् ।
उनले अगाडि भने, ‘असक्षम र झूट बोलेको पीटीआई सरकारले अर्थव्यवस्थालाई ध्वस्त पारेको छ र अब निर्लज्ज भएर ट्वीट गरेर आफूले गरेको विपत्तिलाई ढाक्ने प्रयास गरिरहेको छ । यी झूटहरूले यस सरकारले सिर्जना गरेको आर्थिक संकटलाई सच्याउँदैन,’ उनले टिप्पणी गर्दै पीटीआई शासनले पीएमएल-एन सरकारको नेतृत्वमा भएको आर्थिक प्रगतिसँग मेल खाँदैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: