×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानमा प्रेस तथा नागरिक समाजमाथि नियन्त्रणबारे विदेशमन्त्री ब्लिन्कनको टिपप्णी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पाकिस्तानमा प्रेस तथा नागरिक समाजमाथि नियन्त्रणबारे विदेशमन्त्री ब्लिन्कनको टिपप्णी

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वासिङ्गटन । पाकिस्तानमा प्रेसमाथि नियन्त्रणले अभिव्याक्ति स्वतन्त्रतामा अंकुस लगाउने काम भएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले टिपप्णी गरेका छन् । पाकिस्तानमा प्रेस तथा नागरिक समाजमाथि नियन्त्रणबारे अमेरिकी विदेशमन्त्री ब्लिन्कनले चिन्ता व्यक्त गरेका छन् । पाकिस्तानमा प्रेसमाथि नियन्त्रण गर्ने तर पत्रकारहरुमाथि आक्रमण तथा बेपत्ता बनाउने घटनामाथि सरकार उत्तरदायी हुन नसकेको ब्लिन्कनले टिप्पणी गरेका छन् ।
पाकिस्तानमा मानव अधिकार अभ्यास सम्बन्धि रिपोर्टहरुका अनुसार राजनीतिक दल तथा सुरक्षा बलकै पक्षबाट मिडिया, पत्रकार र उनका परिवारहरुमा हिंसा हुने गरेको घटना पाइएको विदेशमन्त्री ब्लिन्कनले बताएका छन् । अमेरिकाको खुला तथा इमान्दार संलग्नताका कारण पाकिस्तानसँग प्रेस स्वतन्त्रता, कानुनी शासन, धार्मिक स्वतन्त्रता र समग्र मानव अधिकारबारे छलफल हुने गरेको उनले बताएका छन् । पाकिस्तानी अधिकारीहरुसँगको वार्तामा अमेरिकाले प्रेस स्वतन्त्रताको बिषय उठाउने गरेको ब्लिन्कनले बताए ।
पाकिस्तानमा अभिव्याक्ति स्वतन्त्रतामाथि नियन्त्रण कायम राख्न सेना र अन्तर गुप्तचर निकायहरुको निशाना नै पत्रकार तथा मिडिया हुने गरेको उनले बताए । गत बर्ष अक्टोबरमा इयु क्रोनिकलको रिपोर्ट अनुसार पाकिस्तानमा प्रधानमन्त्री इमरान खान शक्तामा आएपछि स्वतन्त्र पत्रकारितामाथि असहिष्णुता थप बृद्धि भइरहेको छ । पाकिस्तानमा प्रेस तथा अभिव्याक्ति स्वतन्त्रतामाथि अंकुस लगाउने गरेको भन्दै विभिन्न निकायहरुले चिन्ता व्याक्त गर्दै आएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: