
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पोखरा ७ वडा कार्यलयमा दोश्रो चरणको भेरोसेल खोप लगाउन लामबद्ध बसेका स्थानीयवासीदेखि जाजरकोटको नलगाड नगरपालिकाबाट बारेकोट गाउँपालिका जोड्ने सडक नलगाड नदीमा पुल निर्माण नहुनुका साथै कच्ची बनाएको पुलसमेत नदीले बगाएपछि खच्चडमा दैनिक उपभोग्य सामग्री खच्चडमा ढुवानी गरिँदैसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पोखरा ७ वडा कार्यलयमा दोश्रो चरणको भेरोसेल खोप लगाउन लामबद्ध स्थानीयवासी । सरकारले प्राथमिकताको क्षेत्र निर्धारण गरेर खोपको व्यवस्था गरेको छ ।
नलगाड नगरपालिकाबाट बारेकोट गाउँपालिका जोड्ने सडक नलगाड नदीमा पुल निर्माण नहुनुका साथै कच्ची बनाएको पुल समेत नदीले बगाएपछि खच्चडमा दैनिक उपभोग्य सामग्री खच्चडमा ढुवानी गरिँदै ।
कपिलवस्तुको चन्द्रौटामा बिक्री गर्न राखिएको सिद्रा माछा, कोरोना भाइरसका कारण पछिल्लो समय सिद्राको व्यापार बढेको व्यापारीले बताएका छन् ।
दुर्गम हिमाली जिल्ला हुम्लामा यहाँका युवाले पुर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गर्दै । म्यूजिक भिडियोमा अभिनय गर्दै स्थानीय कलाकार ।
बाँझो बारीमा पाँच वर्षअघि रोपेका टिमुरका बिरुवाले दिएको फल हेर्दैै पोखरा– १६ अर्मला डिहीकी लालशोभा गुरुङ । डिभिजन वन कार्यालय कास्कीको सहयोगमा परीक्षणका लागि लगाएका टिमुरले फल दिन थालेपछि सो क्षेत्रमा अहिलेसम्म १३ हजारभन्दा बिरुवा रोपिएको छ ।
नियम कानूनको अधीनमा रही सवारीसाधन सञ्चालन गर्न रसुवा ट्राफिक प्रहरीको आग्रह । रसुवागढी नाकाबाट व्यापारिक सामग्री बोक्न जाने अधिकांश सवारीसाधन कारबाहीमा परेका छन् । सडक अनुमति नभएका, चालक अनुमति–पत्र नविकरण नगराइकालाई सचेत गराउँदै एक पटकलाई कारवाही स्वरूप जरिवाना गरिँदै ।
दाङको घोराही उपमहानगरपालिका–४ स्थित रामपुरको चेपे दहमा निर्माण गरिएको घोडाको प्रतिमा ।
झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारास्थित वडा कार्यालयले बुधबार ६५ जना अतिविपन्न परिवारलाई ग्यास सिलिन्डरसहित चुल्हो वितरण गरिँदै ।
पोखरा महानगरपालिका– १६ अर्मलास्थित कालीखोलामा निर्माण गरिएका चेकड्याम । चेकड्याम निर्माण गरेपछि सो क्षेत्रको फाँटसँगै वस्तीको संरक्षणमा सहयोग पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper

















प्रतिक्रिया दिनुहोस्