- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले आज आइतबारदेखि न्यूनतम भाउ ५५० रुपैयाँमा उक्त कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । कम्पनीले यसअघि लिलामी बिक्री खुला गर्दा पनि बिक्री नभएको सेयर फेरि बिक्रीमा ल्याएको हो ।
यस सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् भने लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले साउन ८ गतेसम्म बोलपत्र पेश गर्ने सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ ।