×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बनेपाको नालामा प्रोग्रेशिभ फाइनान्सको विस्तारित काउन्टर सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बनेपाको नालामा प्रोग्रेशिभ फाइनान्सको विस्तारित काउन्टर सञ्चालन

Artha Sarokar

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । प्रोग्रेशिभ फाइनान्सले वाग्मति प्रदेशको बनेपा नगरपालिका वडा नं ४ नालामा काउन्टर विस्तार गरी कारोबार सुरु गरेको छ । कुल ८० करोड १ लाख चुक्ता पुँजी रहेको यस वित्तीय संस्थाको विस्तारित काउन्टर थप भएपछि ११ वटा शाखा तथा ५ वटा एक्सटेन्शन कार्यालयहरुमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछ ।
बनेपा शाखा कार्यालय अन्तर्गत रहने गरी स्थापना गरिएको विस्तारित काउन्टरबाट निक्षेप संकलन, भुक्तानी तथा रेमिटेन्स सुविधाहरु प्रवाह गरिने संस्थाले जनाएकाे छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड-१९को महामारीकाबीच स्थापना गरिएको नयाँ विस्तारित काउन्टरले स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस फाइनान्सले एटिएम, मोबाइल बैंकिङ्ग, इ-बैंकिङ्ग, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वालगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैकिङ्ग तथा रेमिटान्स सेवाहरुको उपलब्ध गराउँदै आएकाे छ । संस्थाले छिट्टै शाखारहित बैकिङ्ग सेवा सञ्चालन गर्ने योजना अघि बढाएको जानकारी दिएकाे छ । फाइनान्सले केही दिन भित्र नै देशका प्रमुख शहरमा थप पाँच वटा शाखा तथा एउटा विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरिसकेको जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी