×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको ३ लाख ७४ हजार कित्ता लिलामी सेयर बाँडफाँड

GLOBAL IME BANK

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको ३ लाख ७४ हजार कित्ता लिलामी सेयर बाँडफाँड

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी सेयर बाँडफाँड भएको छ । कम्पनीको ३ लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता संस्थापक सेयर बिक्रीका लागि असार ३ गतेदेखि १७ गतेसम्म बोलपत्र आव्हान गरिएको थियो । 
बुधबार ३ लाख ७४ हजार कित्ता सेयर बाँडफाँड गरिएको हो । यस पटकको बोलपत्र आव्हानका क्रममा कम्पनीको २० हजार ६३४ दशमलव ४६ कित्ता सेयर भने वितरण हुन सकेन । माग बमोजिम ८९६ देखि ८५०.५० सम्मको मूल्य अंकित गर्ने बोलपत्र दाताहरुलाई सेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले प्रतिकित्ता ८५० मूल्य तोकेर उक्त सेयर लिलामीमा ल्याएको हो । बाँडफाँडमा नपरेका आवेदकहरुको रकम असार २५ गतेदेखि बैंक खातामै रकमान्तर गरिने कम्पनीले जानकारी दिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: