- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको ११% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ१४ सय रुपैयाँ निर्धारण गरेको छ ।
यहि भाउलाई आधार मानेर आज कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेले १५ सय ५४ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेको हो ।