×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्स कम्पनीको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर आजबाट बिक्री खुला, ५ गतेसम्म भर्न सकिने !

PRIME CA
laxmi sunrise bank

समृद्धि फाइनान्स कम्पनीको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर आजबाट बिक्री खुला, ५ गतेसम्म भर्न सकिने !

अर्थ सरोकार

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले आज मंगलबारदेखि ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याएको छ । कम्पनीले यसअघि लिलामीमै बिक्री खुला गरेको सबै सेयरमा आवेदन नपरेपछि पुन: बिक्रीमा ल्याएको हो । कम्पनीले यसअघि १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लगानीकर्ताले आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद साउन ५ गतेसम्म तोकिएको छ । यसमा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ । यस्तै समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन सकिनेछ ।
यता बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ भने ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: