×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन, यी ठाउँबाट भर्न सकिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन, यी ठाउँबाट भर्न सकिने

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक समूहको सेयरमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म उक्त सेयरमा आवेदन दिन पाइने भएको हो ।

कम्पनीले यसअघि लिलामीमै बिक्री खुला गरेको सबै सेयरमा आवेदन नपरेपछि पुन: बिक्रीमा ल्याएको थियो कम्पनीले यसअघि १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा ल्याएको थियो । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लगानीकर्ताले आवेदन दिनुपर्नेछ ।

यसमा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ । यस्तै समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन सकिनेछ ।

यता बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ भने ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: